आज राति १२ बजेदेखि भिडभाड, मेला र महोत्व गर्न रोक

132

काठमाडौं । काठमाडौं जिल्लामा आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ। अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो।

कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here