मुस्लिम विद्यार्थी सरकारी विद्यालयमा अध्ययन गर्न थाले

155

जनकपुरधाम । सरकारी विद्यालयमा गएर पढेपछि आफ्नो समाज र धर्म नासिन्छ भन्ने मानसिकतामा रहेको मुस्लिम समुदायका वालवालिकाका विद्यालयमा जान थालेका छन् ।

विगतमा मदरसामा गएर मस्लिम धर्मग्रन्थ कुरान र उर्दूमा मात्र सिमित रहेको मुस्लिम समुदायका विद्यार्थी मदरसामा सरकारी दर्ता गरेपछि त्यही अध्ययन गर्ने गरेका छन् भने मदरसा नभएका स्थानका मुस्लिम विद्यार्थी नजिकमा रहेका सरकारी विद्यालयमा अध्ययन गर्ने थालेका हुन् ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर १०मा रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक साफिद राइनले धनुषा जिल्लामा रहेका मुस्लिम समुदायले सरकारी शिक्षा लिन थालेको बताउनुभयो ।

उहाँका अनुसार मदरसामा रहने मौलानाहरुले मदरसालाई नेपाल सरकारको सरकारी निकायमा दर्ता गरेसँगै सरकारी बजेटसहित शैक्षिक रुपमा फाइदा लिएका छन् ।

आफू पनि मुस्लिम समुदायका नागरिक भएकोमा गर्व महसुस गर्ने शिक्षक राइनले धर्म र भाषाको महत्व अत्यन्त हुने भएकाले सोसँगै नेपालको शिक्षा अनिवार्य हुने भएकाले पनि मुस्लिम अभिभावकहरु पनि शिक्षाको जागरण आएको उहाँ बताउनुहुन्छ ।

यस्तो जागरण ल्याउनको लागि केही हदसम्म यस क्षेत्रमा करिब डेढ दशकदेखि क्रियाशील आसमान नेपाल नामक संस्थाको परियोजनाको अभियानले साथ दिएको शिक्षक राइनले बताउनुभयो ।

उहाँले उर्दू भाषा, कुरान, अरबिक भाषासहित मुस्लिम वालवालिकाहरु नेपाली, अँग्रेजी, गणित, विज्ञानजस्ता विषयहरुमा अब्बल हुुँदै गएको दाबी गर्नुभयो ।

गौरीपुर छात्रा सञ्जालकी सचिव अर्मिसा अधिकारीले विद्यालयको नाकमुखसम्म हेर्न नहुने मानसिकतामा रहेका मुस्लिम समुदायका अभिभावकहरुको विद्यालय शिक्षा पनि आवश्यक रहेको सचेतना बढेको बताउनुभयो ।

त्रिविको विएड अध्ययन गरिरहनुभएकी अधिकारीले असमान नेपालको सक्रियतामा कोभिडको बेला मुस्लिम अभिभावकलाई सम्झाएर वालवालिकालाई पढाउन पाएको स्मरण गर्नुहुन्छ ।

अहिले ती विद्यार्थीहरुलाई सरकारी विद्यालयमा भर्ना भएर नियमित रुपमा अध्ययन गरिरहेका छन् ।

आमा समूह, वाल क्लब, छात्रा सञ्जाल, सामाजिक परिचारिका, स्वय्म सेवकलगायतको सहयोगमा आसमान नेपालले अंगिकार गरेका विभिन्न शिक्षणविधिहरुको माध्यमबाट शिक्षामा जागरण गराउन सफल भएको बताउनुहुन्छ ।

पृथक रहनसहन भएको यस समुदाय शैक्षिक गतिविधिका कारणले सामाजिक रुपमा अन्तरघुलन भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

फरक धर्म र जातिको समुदायका वालवालिकालाई पढाउन पाउँदा अत्यन्त गर्व महुशुस भएको बताउनुहुन्छ ।

सो नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छोटी मुखियाले मुस्लिम विद्यार्थीको विद्यालय जाने संख्या, पढ्ने वातावरण, अध्ययन क्षमता बढेको जानकारी दिनुभयो ।

कोभिड भएको बेला पनि यस संस्थाले विभिन्न शैक्षिक गतिविधिहरु गरेर पढाइलाई निरन्तरता दिन सकेकाले पनि मुस्लिम विद्यार्थीहरुको अध्ययन गर्ने मनोबल बढेको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ३ का वडा सदस्य विहारी धामी बताउनुहुन्छ । उपेश महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here