नृत्य निर्देशक संघ नेपालको शुभकामना आदा प्रदान सम्पन्न

125

ललितपुर । नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला शाखाद्धारा आयोजित दशैं, तिहार, देशकै सम्बत नेपाल सम्बत नवबर्ष ११४२ र छठ पर्व २०७८  को शुभकामना आदानप्रदान, बधाई  तथा सम्मान कार्यक्रम कुमारी पार्टी प्यालेश, गाबहालमा  सम्पन्न भएकाे छ ।

कार्यक्रममा पाल्नु भएका अतिथि गणहरूलाइ नेवार माैलिक परम्पराबाट सम्मान गरिएकाे कार्यक्रममा बिशिष्ट अतिथि नृत्य निर्देशक संघ नेपाल केन्द्रिय अध्यक्ष भुबन दास श्रेष्ठ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष शरदकुमार महर्जन,वडा नं.१६ अध्यक्ष निर्मल रत्न शाक्य, वडा नं.८ अध्यक्ष हेम महर्जन लगायत बरिष्ठ नृत्य निर्देशकहरुको उपस्थिति रहेकाे थियाे ।

प्रमुख अतिथि  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले  शारीरिक रूपमा अपाङ्ग भएका कलाकारहरुकाे सहयोगका तत्पर रहेकाे जनाएका छन् ।

साथै कार्यक्रममा  संघको उपत्यकाका तीन जिल्ला लगायत र काभ्रे शाखाको नयाँ कार्य समिति र ललितपुर १६ वडामा कलाकारहरुको लागि भन्दै  नव गठित साँस्कृतिक समितिमा संयोजक नियुक्त हुनु भएका  सरजबीर बज्राचार्यलाई बधाई  समेत दिइएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here