काठमाडौं । उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
मन्त्री नियुक्ति भएसँगै विवादमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन्। शुक्रबार मात्रै मन्त्री नियुक्त भएका उनले आइतबार राजीनामा दिएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ। नियुक्तिका विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए। विभिन्न सञ्चारमाध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि पदबाट राजीनामा गरेको हमालले जनाएका छन्।
प्रमलाई पत्र बुझाउँदै हमालले चरित्र हत्या गर्न लागेकाले राजीनामा दिएको बताएका थिए। आफू विवादमा पर्न नचाहेकाले राजीनामा दिन लागेको मन्त्री हमालको धारणा छ। ‘मेरो अन्तरआत्माले पनि ‘अब छाड्’ भन्यो। त्यसकारण मैले मन्त्री पद छाड्ने निर्णय गरेकाे खुलासा गरे । हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन्।


















