नवनियुक्त मन्त्रीहरुले लुम्बिनी प्रदेशमा लिए शपथ

103

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई शपथ गराएका हुन्। यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। पछि ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पुर्‍याईएको हो।

आइतबार नेपाली कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री- वीरबहादुर राना (पाल्पा), वन वातावरण तथा भूसंरक्षण मन्त्री- सुरेन्द्र हमाल (बाँके), शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री- वसिउद्दिन खाँ (रुपन्देही), ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री-अर्जुनकुमार श्रेष्ठ, पर्यटन राज्यमन्त्री-रिना नेपाल विक

माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री – इन्द्रजित थारु (दाङ), आन्तरिक मामिला तथा सञ्चारमन्त्री- तिलकराम शर्मा (बर्दिया), स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री- विमला खत्री वली (दाङ),  शपथ लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here