पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप -५ मा पर्न सफल नोमिनिजहरुको नाम सार्वजानिक

240

काठमाडौँ । बिरिसु मिडियाले आयोजना गरेको पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप -५ मा पर्न सफल नोमिनिजहरुको नाम सार्वजानिक गरिएको छ । अनामनगरको युनियन हाउसस्थित शनिबार एक कार्यक्रमबिच नोमिनेशन सार्वजानिक एंव प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

४८ बिधामा नोमिनेशनमा पर्न सफल १३७ जनालाई प्रमाण पत्र वितरण गरिएको बिरिसु मिडियाका निर्देशक सुम्सिता स्याङ्तानले जानकारी दिइन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) ले कलाकारलाई प्रोत्साहन र हौसला दिन आयोजना गरेको अवार्ड कार्यक्रम प्रसंशानिय काम भएको बताएका छन । साथै उनले सम्मान भन्ने कुरा मलाई लेउ भन्ने जस्तो हुन नहुने धारणा राखे ।

‘अहिलेको कतिपय सम्मान आँफैले लिने खालको भएको जस्तो लाग्छ । सम्मान भन्ने कुरा मलाई लेउ भन्ने जस्तो हुनु हुँदैन । कार्यक्रमको फाइनल निष्पक्ष होस् ।’ उनले भने ।

नेपाली साङ्गीतिक क्षेत्रमा लागेका कलाकारलाइ प्रोत्साहन मिलोस भनेर कार्यक्रम आयोजना गरिएको बिरिसु मिडियाका अध्यक्ष विवेक लोपचनले बताए ।

अध्यक्ष लोप्चनले अवार्ड कार्यक्रमको फाइनल भने मङसिर ११ गते गरिने र स्थान बारे भने भोटिङ कोड उपलब्ध गराउने दिनमा जानकारी दिने बताए ।

अवार्ड कार्यक्रमको फाइनलमा ३ दशक भन्दा लामो समयदेखी सांगीतिक क्षेत्रमा विशेष योगदान दिदै आएका बरिष्ठ संगीतकार एंव गायक सम्भुजित बास्कोटालाई १५ हजार १ सय १५ रुपैँया नगदसहित लाइफटाइम अचिभमेण्ट अवार्डबाट सम्मानित गरिने आयोजकले बताए ।

आयोजक टिमले घोषणा गरेको सम्मानित गरिने व्यक्तीहरुको नाम

१. लाईफ टाईम अचिभमेन्ट अवार्ड – शम्भुजित बास्कोटा (बरिष्ठ गायक,संगीतकार)
२ गड अफ लाईट – कुलमान घिसिङ ( प्रबन्ध निर्देशक ,नेपाल बिद्युत प्राधिकरण)
३ बर्ष समाजसेवी सम्मान-२०७८ – दुर्गा नाथ दाहाल (समाजसेबी)
४ बर्ष कलाकार २०७८ – बुद्दी तामाङ् (कलाकार)
५ उदारणीय महिला – राम कुमारी झाक्री ( शहरी बिकाश मंत्री,युवा
नेता,सचिब, नेकपा समाजबादी )
६ तामाङ् चलचित्र मेगा स्टार – कुमार मोक्तान
७ तामङ् चलचित्र सुपरस्टार – अमिर दोङ्
८ सेलो किङ्ग – चन्द्र कुमार दोङ्
९ माझि किङ्ग – यमन माझी
१० छापा मिडिया पत्रकारिता सम्मान २०७८ – सबिता पोखरेल
११ बर्ष रेडियो पत्रकारिता सम्मान २०७८ – राजु बोहोरा ( रेडियो कर्मी )
१२ रङ्ग पत्रकारिता सम्मान -२०७८ – तुलसी गिरि (भावुक )
१३ टेलिभिजन रंग पत्रकारिता २०७८- शोभा त्रिपाठी

नोमिनेसनमा परेकाहरुलाई एस एम एस भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत मानेर अवार्ड दिने आयोजक टिमले बताएको छ ।  कार्यक्रममा कलाकार,पत्रकार, समाजसेवी एंव समाजमा बिशिष्ट योगदान दिने व्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने पत्रकार कृष्ण खड्काले गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here