भारतमा बाढीपहिरोबाट मृत्यृ हुनेको संख्या २७ पुग्यो

55

काठमाडौं । भारतको केरला राज्यमा शनिबारदेखि आएको बाढी र पहिरोको कारणमा परी हालेसम्म २७ जनाको मृत्यु भएको छ।कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको सेना तथा प्रहरीको टोलीले उद्दार गरेको छ।

केरला राज्य सरकारले मृत्यु भएका परिवारलाई जनही चार लाख भारतीय रुपियाँ प्रदान गर्ने उद्घोष गरेको छ।

अक्टोबर १३ तारिखदेखि नै भारतमा भारी वर्षा हुने अनुमान गरिएकोमा अक्टोबर १७ तारिख (आइतबार) सो क्षेत्रमा यस्तो दुःखद घटना भएको छ।

बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन्। मौसम विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि वर्षा कायमै रहने जनाका छन्। अधिकारीहरुले सोमबार पनि वर्षा जारी नै रहेको बताएका छन्। वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here