तास खेलिरहेको अवस्थामा १ लाख ७१ हजार नगदसहित १२ जुवाडे पक्राउ

109

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वाबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ। बडेर्वा स्थित नन्दलाल दासको गोठमा बिहीबार राति रकमको हारजित हुने गरी जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कर्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कोशीया ठाकुर, २६ वर्षीय वीरेन्द्र सहनी, २९ वर्षीय सुरेश साह, वडा नम्बर १ का २४ वर्षीय गोबर्धन राम, ३६ वर्षीय मोतिलाल चौधरी, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रमोद ओझैया, वडा नम्बर १ का ३४ वर्षीय दिनेश दास थारु, ३६ वर्षीय राकेश खवास थारु रहेका छन्।

यस्तै पर्साकै पटेर्वासुगौली गाँउपालिका वडा नम्बर १ का ३५ वर्षीय ज्वाला गिरी, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ३० वर्षीय नन्दु मुखिया, २२ वर्षीय प्रमोद राउत, बाराकै सिम्रौनगढ नगरपालिका वडा नम्बर १ का २५ वर्षीय अनिल जयसवाल पनि पक्राउ परेका हुन्।

जुवाको खालबाट नगद १ लाख ७१ हजार १ सय ६२ रुपैयाँ नगद र १७ गड्डी (बुक) तास पनि बरामद गरिएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए। पक्राउ परेका सबै १२ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (जुवा) अन्तर्गत अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here