नुवाकोट । ककनी गाउँपालिका-१ रातामाटेस्थित चन्द्र मान श्रेष्ठको घरमा रहेको किराना र कस्मेटिक पसलबाट नगद ४० हजार रुपैयाँ र सुनका विभिन्न गहनाहरू गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।
घरमा कोही नभएको अवस्थामा पसलको ढोकाको ताल्चा फोडेर उक्त मूल्य बराबरको धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


















