एकैदिन ६ सय ६४ जना कोरोनाबाट मुक्त हुँदा दुई सङ्क्रमितको मृत्यु

125

काठमाडौं। पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ५०७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३८२ पुगेको छ ।  त्यस्तै नेपालमा हाल १० हजार २३६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here