फेसबुककाे ‘मेटा’ ले नयाँ-नयाँ कामको विषयमा जानकारी दिने

91

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ-नयाँ कामको विषयमा जानकारी गराउने  उल्लेख गरेका छन् ।

साथै, फेसबुकले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो  । सामाजिक सञ्जाल फेसबुक नाम भने परिवर्तन हुने छैन । फेसबुकले आफ्नो कर्पोरेट नाम मात्रै परिवर्तन लागेको हो ।

मेटावर्स भर्चुअल रियालिटी (भिआर) को परिमार्जित स्वरुप हो । तर कतिपयले यसलाई इन्टरनेटको भविष्य समेत भएको बताएका छन् । मेटावर्समा सबै प्रकारका डिजिटल वातावरण जोड्ने ‘भर्चअल वल्र्ड’ मा जोडिनका लागि कम्प्युटरको सट्टामा केवल हेडसेटको प्रयोग गर्न सकिन्छ ।

भिआरको उपयोग धेरैजसो खेलमा हुन्छ । तर, यो भर्चअल वल्र्डको उपयोग व्यवहारिक रुपमा काम, खेल, संगीत कार्यक्रम, चलचित्र वा  बाहिर घुम्नका लागि पनि प्रयोग गर्न सकिन्छ । ​फेसबुले मेटावर्सलाई प्राथमिकताको पहिलो नम्बरमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here