साधना लघुवित्तको वार्षिक साधरणसभा सम्पन्न, २६.३२% लाभांश पारित

227
काठमाडाैं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाँचौ वार्षिक साधारण सभा हाेटल गाेरखा बिसाैनी गाेरखामा सम्पन्न भएकाे छ उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७/०७८को नाफाबाट २५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२% लाभांश बितरण गर्ने प्रस्ताव सर्बसम्बत  पारित गरेको छ ।
वित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष श्री कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागी  कृष्ण बहादुर थापा, डा.नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सि. लाई सञ्चालकको रुपमा निर्बिरोध निर्वाचित गरेको छ । साधारण सभा पश्चात बसेको सञ्चालक समितीको बैठकले  कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समिती पूर्नगठन गरिएको छ, साथै आर्थिक वर्ष २०७८/०७९ को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक श्री एस.डि एण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती/सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागी उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैकमा निवेदन दिन, सम्पती तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता, मूल्याकङ्गनकर्ता, लेखापरिक्षक नियुक्त गर्न  र निजको पारिश्रमिक निर्धारण गर्न र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगाएतका कार्य संग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागी सञ्चालक समितीलाई अख्तियारी दिने  विशेष प्रस्ताव समेत पारित गरेको छ ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुदै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नोबेल कोरोना भाईरसका कारण वित्तीय कार्यक्रम सञ्चालनमा असहज भएतापनि लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सफल भएको र आगामी दिनमा समेत लगानीकर्ताहरुलाई उत्कृष्ठ प्रतिफल दिन, कार्यक्रमको गुणस्तर बृद्धिका लागी पर्ने बताउनुभयो । हाल वित्तीय संस्थाको ९३ बटा शाखा कार्यालयहरुमार्फत  ८०,०००  भन्दा धेरै घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here