काठमाण्डौ/ सरकारले अब हरेक दिन सरकारी कर्मचारीले कामको प्रारम्भ गर्नु भन्दा पहिले म भ्रष्टाचार गर्दिनँ भनेर सपथ खुवाउने नियम बनाएको छ ।
दिनहुँ भ्रस्टाचार बढ्दै गरेको अवस्थामा केहि हदसम्म नियन्त्रण गर्नको लागि सरकारले प्रेस विज्ञाप्ति निकालेर भनेको छ ‘नेपाल सरकारले भ्रस्टाचार नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको व्यहोरा स्मरण गराउदै शुशासन र सदाचारको प्रबर्द्दन गर्न कामप्रति इमान्दार भई प्रत्यक राष्ट्र सेवक कर्मचारीले हरेक दिन कार्य आरम्भ गर्नु भन्दा अघि म भ्रस्टाचार गर्दिनँ । म भ्रस्टाचार हुन दिन्न । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने प्रतिज्ञा बाचन पश्चात मात्र काम प्रारम्भ गर्ने र लिखित स्टिकर वा व्यानर बनाई कार्यालयमा टास्न नेपाल सरकार सबैलाई निर्देशन गरेको छ ।

















