काठमाडाैं । समाजवादी प्रेस संगठन नेपालले गोरखापत्र संस्थानमा कार्यरत विभिन्न जिल्लाका अस्थायी संवाददाता (स्ट्रिन्जर) लाई हटाएकोमा खेद प्रकट गरेको छ ।
संगठनका संस्थापक संयोजक शम्भु श्रेष्ठले मंगलवार जारी गरेको विज्ञप्तिमा गोरखापत्रजस्तो गरिमामय प्रकाशन संस्थाले कुनै पनि आस्थाका आधामा श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन गर्ने कार्य जायज नभएकाले सम्पूर्ण पत्रकारलाई विना शर्त काममा फर्काउन आग्रह गरिएको छ ।
मुलुकमा ५ दलीय गठबन्धनको सरकार भएको अहिलेको अवस्थामा सरकारी स्वामित्वका सञ्चार संस्थामा गठबन्धनको मर्म, भावना र सहमतिका आधारमा निरूपण गर्ने पूर्व सहमति विपरीत पत्रकार निकालिएकामा दुःख व्यक्त गरिएको छ ।


















