जाजरकोटको नलगाड नगरपालिका –५ झुल्केडाँडामाट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका –५ झुल्केडाँडामा बुधबार २ बजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा नलगाड नगरपालिका ५ का ३५ वर्षीय चंकलाल विक , २५ बर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री रहेका छन् । त्यस्तै नलगाड नगरपालिका ८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह चालक रहेको प्रहरीले बताएको छ ।
घाइतेको अवस्था गम्भीर रहेको डिएसपी मधुकुमार थापाले बताए । ट्याक्टर नम्वर भने खुलको छैन । ट्याक्टर मालिक नै चंखलाल चालक भएर चलाएको बुझिएको छ ।

















