वेस्टइन्डिज विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरियो

215

काठमाडौं । साबिक विजेता वेस्टइन्डिज आईसीसी टी–२० विश्वकप क्रकेट २०२१ को समूह चरणबाटै बाहिरिएको छ। बिहीबार रातिको खेलामा श्रीलंकासँग २० रनले पराजित हुँदै वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको हो।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन मात्रै बनाउन सक्यो।

वेस्टइन्डिजका लागि युवा ब्याटर शिम्रन हेटमायरले अविजित रहँदै ५४ बलमा ८१ रनको इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्। शिम्रनले ८ चौका र ४ छक्का प्रहार गरे।

शिम्रन बाहेक वेस्टइन्डिजका अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि २ पटकको च्याम्पियन वेस्टइन्डिज श्रीलंकासँग पारजित हुँदै समूह चरणबाट बाहिरिएको हो।

वेस्ट इन्डिजका निकोलस पुरनले ३४ बलमा ६ चौका र १ छक्कासहित ४६ रन बनाए। क्रिस गेल १, इविन लुईस ८, रोश्टन ९ र आन्द्रे रसेल २ रनमा आउट भए। काइरन पोलार्ड शून्य, जेसन होल्डर ८ र ड्वेन ब्राभो २ रनमा आउट भए।

श्रीलंकन स्पिनर वान्दिुन हसरंगाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। चामिका करुणारत्ने ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। बिनुरा फर्नान्डो २, दुश्मन्था चामिरा र दासुन शनकाले १–१ विकेट लिए।

आबूधाबीस्थित शेख जायद स्टेडियम टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। श्रीलंकाका चरिथ असलंकाले ४१ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६८ रन बनाए। ओपनर पाथुम निसांकाले ४१ बलमा ५१ रन बनाए।

कप्तान दासुन शनका १४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे।

श्रीलंकाविरुद्ध वेस्टइन्डिजका आन्द्रे रसेलले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। ड्वेन ब्राभोले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिएका थि । वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटले हारेको थियो।

तेस्रो खेलमा भने बंगलादेशलाई ३ रनले हराउँदै सेमिफाइनल पुग्ने झिनो आशा कायमै राखेको वेस्टइन्डिज श्रीलंकासँगको हारपछि भने समूह चरणबाट बाहिरिएको हो।  यद्यपि वेस्टइन्डिजले आफ्नो अन्तिम खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here