नेपाललाई ‘बेस्ट रेस्पोन्स टू दि प्यानडेमिक’ गोल्ड अवार्ड

67

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा गरिएको बन्दाबन्दीमा अलपत्र परेका पर्यटकको उद्धार गरेको भन्दै बेलायतले नेपाललाई ‘बेस्ट रेस्पोन्स टू दि प्यानडेमिक’ गोल्ड अवार्ड दिएको छ ।

विश्वचर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा  कही दिन अघि नेपाललाई यो पुरस्कार प्रदान गरेको हो ।  बन्दाबन्दीको समयमा नेपालले पर्यटकको खोजी तथा उद्धार गरी व्यवस्थापन तथा स्वदेश पठाउने काम गरेको थियो ।

आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेलाई हस्तान्तरण गरेको थियो । यो अवार्डका लागि नोमिनेशन भएका नौं वटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको उक्त संस्थाले जनाएको छ ।

  नेपालले उक्त समयमा विभिन्न पर्यटकीय गन्तव्यमा अलपत्र परेका एक हजार ७२१ जना विदेशी पर्यटकको उद्धार गरेको मन्त्रालयको तथ्याङ्क छ । सोही समयमा कुटनीतिक नियोगहरूसँगको समन्यवमा करिब पाँच हजार विदेशी पर्यटकलाई स्वदेशफिर्ता गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here