लिटिल आईडल नेपालको फोटोसुट सम्पन्न

66

 काठमाडाैं । ट्रेबल फेशन कन्सर्न प्रालिको आयोजनामा हुन लागेको लिटिल आईडल नेपाल २०२२ सिजन–४ को अडिसन सकिए लगत्तै चरणबद्ध कार्यक्रमहरु शुरु भई सकेको छ जस अन्तर्गत पहिलो कार्यको रुपमा नानीबाबुहरुको फोटोसुटको पहिलो चरणको कार्यक्रम सकिएको छ ।

विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता, बालबालिका सम्बन्धी शैक्षिक तथा बौद्धिक बिकास कार्यक्रमहरू सञ्चालन तथा आयोजना गर्दै आएको यस् कन्सर्नले अडिसनबाट छनौट भएकाहरूका लागि १५-२० दिने विशेष तालिम, गायन, नृत्य, अभिनय कला तथा मोडलिङ लगायतका प्रशिक्षण, व्यक्तित्व बिकास, कौशल बिकास, आत्मबिश्वास बढाउने सम्बन्धी ज्ञान, ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य, विभिन्न क्षेत्रका सेलिब्रेटीहरूको साथमा मोटिभेसन क्लासलगायत अन्य आधारभूत प्रशिक्षण, फोटोसुट, फ्री मेडिकल हेल्थ चेकअप, सामाजिक कार्यमा संलग्नता गराउने, सचेतना तथा जनचेतनामुलक कार्यक्रमहरूमा सहभागी गराउने लगायतका कार्यक्रमहरू गराउने आयोजकले बताए ।

कार्यक्रममा काठमाडौंमा अवस्थित विभिन्न विद्यालयमा अध्ययनरत छात्र छात्राहरूले जुनियरमा ३ देखि ५ र सिनियरमा ६ देखि ९ कक्षासम्मले भाग लिएको कुरा आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here