मंसिर ३ गते देखि ‘ए’ डिभिजन लिग हुने

156

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति सरेको छ । २९ कात्तिकबाट हुने भनिएको लिग अब ३ मंसिरबाट हुने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब लिगका खेलहरू शुक्रबार, शनिबार र आइतबार मात्र खेलिने छन् ।

‘क्लबसँगको सल्लाहमा साताको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन सरेको हो । अब लिगको सबै खेल शुक्रबार, शनिबार र आइतबार मात्र हुनेछन्,’ महासचिव इन्द्रमान तुलाधरले फरकधारसँग भने ।

एन्फा अनुसार अर्को शुक्रबार मात्र लिग सुरु हुनेछ । उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स भिड्ने छन् । एन्फाले बिहीबार मात्र लिगको प्रत्यक्ष प्रशारणका लागि कान्तिपुर टेलिभिजनसँग औपचारिक सम्झौता गरेको छ ।

‘प्रत्यक्ष प्रशारणको तयारीका लागि टेलिभिजनले पनि केही दिन मागेको र क्लबले समेत हप्तामा एक राउण्ड मात्र बिदाको दिन खेल गर्ने सहमति गरेकाले लिगको मिति सरेको हो,’ तुलाधरले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here