अहिलेकै कर्मचारीतन्त्र र राज्यबाट कम्युनिष्टले देखेको विकास असम्भवः प्रचण्ड

116

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भइरहेकै कर्मचारीतन्त्र र राज्य संरचनाबाट कम्युनिष्टले देखेको जस्तो विकास सम्भव नभएको जनाएका छन् ।

आइतबार काठमाडौमा जनसांस्कृतिक महासङ्घ नेपालले आयोजना गरेको जनगायक स्व खुशीराम पाख्रीनको स्मृतिमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक आन्दोलन चलाउने कुरा बिर्सिएर विकासलाई बोझ ठान्न थालियो भने समृद्धि र सुखी नेपाली हुन नसक्ने भन्दै विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्नेमा जोड दिए ।
प्रचण्डले पछिल्लो समय पार्टीका जिल्ला र जनसङ्गठनमा देखिएको एकता विवादलाई स्थायी कमिटीमार्फत लगाउने जानकारी दिएका छन् । मङ्सिर २९ गते स्थानीय कमिटीको बैठकबाट जिल्ला र जनसङ्गठनको एकता गर्ने लक्ष्य बनाएको उनले जनाएका छन् । उनले जनस्तर एवं पार्टीभित्र भावनालाई पार्टीको स्थायी कमिटी बैठकमा एजेण्डा बनाएर लैजाने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here