राष्ट्रिय जनगणना शुरु

112
/fli6«o hgu0fgf @)&* sf] k|:t'tLs/0f Pjd z'ef/De sfo{qmdsf] cf}krfl/s ?kdf /fi6«klt ljBfb]jL e08f/Lsf] tYofªs ;+sng ub}{ sfo{qmdsf] ;'?jft ub}{ s]lGb|o tYofªs ljefjsf dxflgb]{zs g]lanfn >]i7 . t:jL/ M k|bLk/fh jGt,/f;;

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी हुन् ।

आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना शुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधवार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।

जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ ।  देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।

‘मेरो जनगणना मेरो सहभागिता ’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देश भरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here