सर्वोच्चमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार पनि धर्ना दिने

48

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालतमा धर्ना दिने भएको छ।

नेपाल बारले शुक्रबार प्रधानन्यायाधीश राणालाई प्रवेश गर्न नदिन भन्दै सर्वोच्चमा धर्ना दिएको थियो। तर, प्रधानन्यायाधीश राणा भने महान्यायाधिवक्ता कार्यालय हुँदै ‘वैकल्पिक मार्ग’ प्रयोग गरेर सर्वोच्च छिरेका थिए। त्यसअघि प्रधानन्यायाधीश राणा पक्षधर र आन्दोलनरत कानुन व्यवसायीबीच झडपको अवस्था बनेको थियो। प्रहरीले केहीलाई नियन्त्रणमा लिएसँगै कानुन व्यवसायीहरु मूल गेटसँगै सडकमा धर्नामा बसेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here