सडक अबरुद्ध गर्न खोज्ने विप्लव कार्यकर्ता पक्राउ

85

काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आज काठमाडौं उपत्यकासहित देशभर बन्द आह्वान गरेको छ । काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here