आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

124

काठमाडौं । काठमाडौं महानगरपालिका-११ स्थित काठमाडौं सिटिसि मलको पाँचौ तल्लामा रहेको सबिता खनालको कस्तुरी किचेन फाष्ट फुडमा बिद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा २ थान फ्रिज, ईलोक्ट्रिक बामर, खाद्यान्न, रेष्टुरेन्ट डेकुरेसन लगायतका सामानहरु जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बझाङकाे थलारा गाउँपालिका-५ खोलीस्थित स्वास्थ्य कार्यालय खोलीको भवनमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा कार्यालमा रहेका कागजात, ५ थान कम्प्युटर, ५ थान सीपीयु, १ थान डिजिटल क्यामेरा, औषधी, कुर्सी टेबल लगायतका सामानहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

धनकुटाकाे महालक्ष्मी नगरपालिका-५ राम बजार बस्ने कुल बहादुर तामाङ सहित २ जनाको घरमा शुक्रबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here