प्रहरी घेरामा पार्टीका अधिवेशन गरिएकोमा विरोध कोइरालाले गरे विराेध

66

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले विभिन्न जिल्लामा ‘प्रहरी घेरा’ मा पार्टीका अधिवेशन गरिएकोमा विरोध गरेका छन्।

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रहरी घेरामा अधिवेशन भएका थिए। यस्तै रोल्पा, खोटाङ, रसुवा तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको गृहजिल्ला रूपन्देहीमा प्रहरी र प्रशासनले हस्तक्षेप गरेर अधिवेशन भएकोमा कोइरालाले असन्तुष्टि जनाएका छन्।

‘कांग्रेसको जारी अधिवेशनमा रोल्पा, खोटाङ, रसुवा र रूपन्देहीमा प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेप र अमर्यादित कृयाकलाप देखियो,’ कोइरालाले आज ट्वीट गर्दै भनेका छन्, ‘पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासमा गृह प्रशासनको काम शान्ति सुरक्षा दिने मात्रै हो।’

उनले निर्वाचन अधिकृतलाई धम्क्याउनेजस्ता घटना भएकोमा पनि विरोध गरेका छन्। ‘वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गरेर जिल्लाहरुमा खटिएका निर्वाचन अधिकृतहरुलाई धम्क्याउने, तर्साउने र प्रहरीले बीच बाटोबाट पक्राउ गर्ने कार्यको म भर्त्सना गर्दछु,’ उनले भनेका छन्, ‘पार्टीको आन्तरिक र सांगठनिक कृयाकलापमा कुनै पनि दखल नदिन र हस्तक्षेप नगर्न प्रहरी प्रशासनको ध्यान आकृष्ट गराउन चाहन्छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here