काठमाठाैं । मंसीर १९ गते थांबहाल कीर्तिपुरमा ३१ औं नारायणगोपाल स्मृति साँझ हुने, अतिथि गायिका रत्नशोभा महर्जन
कीर्तिपुर-भ्वाईस अफ कीर्तिपुरको आयोजनामा तथा नेवाः लहनाको प्रायोजनमा ने.सं. ११४२ थिंलाथ्व पारु मंसीर १९ गतेआइतबार कीर्तिपुर १ वडा थांबहाः टोलमा ३१ औं स्वरसम्राट नारायण गोपाल गुरुवाचार्य स्मृति साँझ सांगितिक कार्यक्रम हुने भएको छ ।
कीर्तिपुरकै चर्चित गायिका रत्नशोभा महर्जन, गायिक राजेश महर्जन नेवाः, सुविन श्रेष्ठ र अन्य गायक गायिकाहरुले नारायण गोपालका विभिन्न गीतहरु प्रस्तुत हुनेछ । साे अवसरमा भ्वाईस अफ कीर्तिपुरले उक्त दिन उपस्थितिको लागि सबैमा अनुरोध गरेका छन् ।


















