न्यूयोर्कमा नयाँ भेरियन्टका पाँच संक्रमित भेटिए

65

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क राज्यमा कोरोनाको नयाँ भेरियन्टका पाँच संक्रमित भेटिएका छन्। सीएनएनका अनुसार संक्रमितहरू विदेश भ्रमण नगरेकाहरू समेत रहेका छन्।

विदेश भ्रमण नगरेकाहरूमा समेत नयाँ भेरियन्टको संक्रमण भएको पुष्टि भएसँगै अमेरिकामा समुदायस्तरमा ओमिक्रोन भेरियन्ट फैलिएको छ।

भेटिएका नयाँ संक्रमितहरू सामान्य अवस्थामै रहेको अधिकारीहरूले बताएका छन्। तर समुदाय स्तरमा फैलिएकाले अझै धेरै जना संक्रमित भइसकेको हुनसक्ने न्यूयोर्ककी स्वास्थ्य अधिकारी डा. डेभ चोक्शीले बताएकी छन्। साथै आगामी दिनमा धेरै संक्रमित हुन सक्ने समेत उनले चेतावनी दिएकी छन्।

न्यूयोर्कमा भेटिएका संक्रमितमध्ये एक ६७ वर्षीय वृद्धले दक्षिण अफ्रिकाको भ्रमण गरेको बताइएको छ। उनले कोरोनाविरुद्ध एउटा खोप लगाएकी बताइएको छ। अन्य संक्रमितहरू भने विदेश भ्रमण नगएको बताइएको छ। उनीहरूले खोप लगाए÷नलाएको बारे विस्तृत बताइएको छैन। पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकामा देखिएको हो। निकै तीव्र गतिमा फैलने क्षमता रहेको भनिएको यस भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here