आजबाट रत्न राज्यलक्ष्मी क्याम्पसमा एम.ए. नेपालभाषा तहकाे पढाई शुरू

238

काठमाडौं ।  नेवाः विद्यार्थी युनियको विशेष पहलमा काठमाडाैं महानगरपालिका र रत्न राज्यलक्ष्मी क्याम्पसकाे शहर्कायमा एम.ए. तहकाे नेपालभाषा  शुरू आज आइतबारबाट सुरू भएकाे छ ।

गत शुक्रबार एक सभाहलबाट ओरेन्सतन कार्यक्रम पश्चात विधिवत् रुपमा एम.ए. तहकाे  नेपालभाषा तय गरिएकाे थियाे । शुक्रबारकाे कार्यक्रममा प्रमुख अतिथिका रुपमा  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देशमा रहेका भाषा, संस्कृतिको संरक्षण सम्बर्द्वन गर्नु प्रदेश सरकार, स्थानीय सरकार तथा राज्यकै दायित्व तथा जिम्मेवारी रहेको जनाउँदै काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णय गरी पाँच बर्षको सम्झौता गरिसकेकाले विधिवत रूपमा अगाडि बढाउने प्रतिबद्वर्ता जारी गरे ।

 विशेष अतिथि  त्रिवि डिन प्रा.डा कुसुम शाक्यले नेपाल भाषाले भाषा मात्रै सिकाउँदैन साहित्य, संस्कृति, धर्म सिकाउने भएकाले नेपालभाषा जति चपायो त्यति रस आउने अथाह ज्ञानको भण्डार रहेको जनाउँदै भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुले आफ्नो दायित्व नभुलिकन अध्ययनमा जिम्मेवारी पूर्वक चौथो सेमेष्टरसम्म कक्षामा उपस्थित जनाएर अध्ययन गर्न आग्रह गर्दै शुभकामना समेत व्यक्त गरिन् ।

कार्यक्रमका सभापति डा. जीवन धर ज्ञवालीले उपत्यकाको नेवार संस्कृतिसित जोडिएकाले  नेपालको संस्कृति, इतिहाससित जोडिएको  कार्यक्रममा उपस्थित अग्रसर शिक्षक(शिक्षिका तथा अध्ययनका लागि उपस्थित भएका विद्यार्थीहरु लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन व्यक्त गरेका थिए।

साे कार्यक्रममा नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगाेलले   नेपाल भाषाकाे संरक्षण सम्बर्द्वन बृहत याेजनाका साथ रिदेन महर्जन, रितेश मल्ल, इन्द्रमान महर्जन, सुराेज तण्डुकार लगायतका अभियन्त साथीहरूसँग मिलेर अगाडि बढिरहेकाले सबैकाे साथ पाउने आशा व्यक्त गरे ।

क्याम्पसका स्ववियूका अध्यक्ष टपेन्द्र जंग शाहीले नेपाल भाषालाई भोलिका दिनमा क्याम्पस प्रशासनले सहयोग गरिने जनाउँदै नेपाल भाषामा अवसर र चुनौती दुबै रहेकाले आउँदाे पिढीलाई काठमाडौं खाल्डोमा बसेकाहरुलाई एकेडेमिक क्षेत्रमा  चिनाउनमा विद्यार्थी साथीहरुको महत्वपूर्ण भूमिका रहेकाे जनाए ।

कार्यक्रमका सभापति डा.जीवन धर ज्ञवालीले नेपाल भाषा एम.ए. अभियान पूर्ण रूपमा सफल बनाउनरत्न राज्य लक्ष्मी क्याम्पसका नेपाल शिक्षक प्रो.डा. चन्द्रमान बज्रार्चाय लगायत विध्यार्थीहरुको महत्वपूर्ण अहम् रहेको जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here