२० जनाले उठाउन नसक्ने युवक

155

छिमेकी देश चीनमा धेरै तौलका कारण एक युवा धेरै चर्चामा छन् । छिऔ हौङ्ग नाम गरेका युवाको तौल २२० किलो छ । धेरै तौल भएका कारण उनलाई हिंड्नसमेत गाह्रो हुन्छ ।
२७ वर्षीय युवा हौङ्ग केही दिन पहिले आमासँगै अस्पतालमा भएका बेला हिंड्न नसकेर लड्दा उनलाई उठाउन निकै समस्या भएको थियो । उनलाई उठाउन दुई जना प्रहरी आए पनि उठाउन सकेनन् । एक घण्टापछि फायरम्यान र अस्पतालका कर्मचारी गरी २० जना मिलेर उनलाई उठाउन सफल भएका थिए । उनलाई उठाउन करिब २ घण्टा लागेको थियो ।
छिऔ आफ्नो सहरमा सबैभन्दा मोटा मानिस हुन् । उनी जब ७ वर्षका थिए, तबदेखि उनको तौल बढ्न सुरु भएको थियो उनका बा–आमाले तौल घटाउने प्रयास गरे पनि सफल हुन सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here