परीक्षामा ब्रा लगाउन प्रतिबन्ध !

227

परीक्षामा विद्यार्थीहरुलाई चिट चोर्नबाट रोक्न विभिन्न उपाय अपनाइन्छ । सबै शरीरको तलासी लिने तथा विद्यार्थीले चिट लुकाउन सक्ने स्थानमा विशेष निगरानी गर्ने समेत चलन छ । तर चोर्ने बानी परेका विद्यार्थीहरुले चिट लुकाउने तथा चोर्ने नयाँ÷नयाँ तरिका अपनाउन थालेर हैरान पार्ने गर्छन् । अझ आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीलाई परीक्षामा चिट चोर्न सजिलो पारिदिएको छ ।
खासगरी छात्राहरुलाई भित्री वस्त्र लगाउनसमेत बन्देज लगाउनुपर्ने अवस्था आएको छ । समाचारअनुसार चीनमा विश्वविद्यालयका छात्राहरु परीक्षाको दिन परीक्षा हलभित्र ब्रा नलगाईकन जानुपर्नेछ । ब्राभित्र मोबाइल तथा चिटसमेत लुकाएर लैजाने क्रम बढेपछि एक विश्वविद्यालयले महिला परीक्षार्थीलाई ब्रा नलगाईकन परीक्षा दिन आउनुपर्ने नियम बनाएको हो । यसअन्तर्गत छात्रा परीक्षार्थीहरुले माथिल्लो वस्त्रभित्र ब्रा लगाउन पाउने छैनन् । गाओंकाओं भनिने उक्त कठीन परीक्षाका दौरान विद्यार्थीहरुले चिट चोर्न नपाऊन् र परीक्षा निष्पक्ष होस् भनेर विश्वविद्यालयले यस्तो नियम बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here