सिड्नीमा कथानक चलचित्र ‘महाजात्रा’ काे कीर्तिमान

25

काठमाडौं । प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीको बढी शोको कीर्तिमान आफ्नो नाममा पारेको छ ।

‘कबड्डी ४’ ले राखेको २९ शो को कीर्तिमानीलाई आइतबार ३५औँ शो सम्पन्न गरी महाजात्राले सो रेकर्ड तोडेको हो ।

सिड्नी वितरक एवं प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ । उनी भन्छन्, ‘सिड्नीमा नेपाली फिल्मले राखेको अघिल्ला सबै रेकर्ड तोडिएको छ । महाजात्राले सिड्नी मात्र नभई अस्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने हाम्रो आकलन छ ।’

भट्टराईका अनुसार सिड्नीका अधिकांशभन्दा बढी शो हाउसफुल र बाँकी शोले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ले पाएको उनको भनाइ छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा  प्रदर्शनरत छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here