काठमाडौं । ब्राजिलीयन लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।
पेलेले सामाजिक संजालमार्फत आफु अस्पताल भर्ना भएको जानकारि दिएका छन् । पछिल्लो वर्षमा पेलेको स्थास्थ्यमा बिभिन्न समस्याहरु देखिरहेका छन् ।
८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थियो । तिन पटकका विश्वकप विजेता पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै उनका डाक्टरले उनी केहि दिनमै डिस्चार्ज हुने बताएका छन् ।


















