अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले शैक्षिक सुधारका लागि पाँच बुंदे माग

134

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले शैक्षिक सुधारका लागि पाँच बुंदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही , नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका कार्यकारी अध्यक्ष वसिम आलम, समाजवादी बिधार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ लगायतले त्रिभुवन विश्वविद्यालयमा करार शिक्षकहरुलाई स्थाई गर्ने निर्णयको तत्कालै खारेजी, सिटिईभिटिमा पिसिएल नर्सिंङमा भर्ना खोल्नुपर्ने लगायतका पाँच बुंदे मागसहित संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

उनीहरुद्वारा जारी विज्ञप्तीमा आन्तरिक प्रतिस्पर्धाको नाममा करार शिक्षकलाई स्थायी गरिने प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

त्यस्तै सिटिईभिटिबाट रोकिएको पिसिएल नर्सिङको भर्ना तत्काल खोल्नुपर्ने, चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क वाहेक थप शुल्क उठाउने मेडिकल कलेजहरुलाई कारवाही गर्नुपर्ने माग गरिएको छ । सरकारले कारवाही नगरे विद्यार्थीहरुले आन्दोलन मार्फत कारवाही गर्ने चेतावनी समेत उनिहरुले दिएका छन् ।

विज्ञप्तीमा पुर्वाञ्चल विश्वविद्यालयले डेढ वर्षअघि लिएको परिक्षाको परिक्षाफल प्रकाशित गर्नुपर्ने तथा विश्वविद्यालयले क्यालेन्डर बनाई कडाईका साथ कार्यान्वयन गर्न माग गरिएको छ । त्यस्तै दैनिक उपभोग्य बस्तुमा भएको महंगीलाई नियन्त्रण गर्न तथा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here