राउत पनि कथानक चलचित्र ‘लाखे’मा

143

काठमाडौं । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘लाखे’मा वर्षा राउतलाई लिइएको छ। अभिनेत्री राउतसँग बिहीबार फिल्मका निर्देशक बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले सम्झौता गरेका हुन्।

फिल्ममा अनुबन्धित हुँदै अभिनेत्री राउतले आफूलाई कथा मन परेकाले काम गर्न तयार भएको बताएकी छन्। ‘लाखे’मा हालसम्मकै फरक भूमिकामा आफूलाई दर्शकले देख्न पाउने उनले बताएकी छन्।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा बस्ने यो फिल्मलाई फिल्मका निर्माता सिजन अर्यालले नै लेखेका छन्। फिल्ममा वर्षासँगै सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, सुशील सिटौला, विनय बराललगायतको कलाकारको अभिनय रहेको छ।

फिल्म पुसको दोस्रो साताबाट फ्लोरमा जाने निर्माणपक्षले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here