बुद्धावदान सिरियलको छयाङ्कन सम्पन्न

166

चन्द्रनिगाहपुर । रौतहटमा एक सिरियलको छयाङ्कन सम्पन्न गरिएको छ । शनिबार जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित मैरामा र चोचामा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न गरिएको हो ।

गौतम बुद्ध नेपालमा जन्मिएपनि उनको जिवनसँग आधारित आजसम्म कुनै प्रकारको चलचित्र,डकुमेन्ट्री वा सिरीयल निमार्ण नभएको भएर आफ्नो टिमले सिरीयल निमार्ण गरेको सो सिरियलका लेखक तथा निर्देशक आर्यन नकर्मिले जानकारी गराएका छन् । गत आइतबार रौतहट आएका सिरियल टोलीले गत शनिबार छयाङ्कन सम्पन्न  गरेका छन् ।

बुद्धकालिन अवस्थामा गौतम बुद्धले आफ्नो उपदेशले ल्याएको परिवर्तनहरुलाई सिरीयलको १३ वटा भागमा समेटिएको निर्देशक नकमीले  जानकारी गराए । उनले सो सिरीयल ६ वटा भाषामा डभिङ गरिने समेत जानकारी गराए  ।

उक्त सिरियलमा  कलाकारहरुमा प्रकाश श्रेष्ठ,  सुरज ब्यन्जन्कार,  राजी किपू ,  मान कृष्ण वा वा,  रोहन प्रजापति, अन्नपुर्नेस्वरी श्रेष्ठ, अस्तमाया महर्जन,  नानी मैयाँ प्रजापती, सपना शर्मा, हसना श्रेष्ठ, सबिना गोपली, बिना गोपली, कैलास बजगाइ, गोवर्धन, जगत मानन्धर, रजनी मानन्धर, उन्नति महर्जन स्थापित, सुनकुमार मानन्धर, ललिता श्रेष्ठ, अस्तमाया, सुरज व्यञ्जनकार, सहना श्रेष्ठ, कैलाश बजगाई लगायतका कलाकारहरूकाे  अभिनय रहेको छ । सिरियलको निर्माता नाईस टेलिभिजन रहेको छ भने क्यामेरा तथा सम्पादन सोहन मानन्धरले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here