एमसीसी सम्झौता बिरोध प्रदर्शनमा भएको सरकारी दमन र गिरफ्तारीप्रति बिरोध

41

काठमाडाैं । सत्ता गठबन्धन दलमध्येका महत्वपूर्ण घटकका रुपमा रहेको नेकपा माओबादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले  मंगलबार काठमाण्डौ लगायत देशका बिभिन्न जिल्लाहरुमा एमसीसी सम्झौता बिरुद्ध आयोजना गरिएका शान्तिपूर्ण बिरोध प्रदर्शनहरुमा भएको सरकारी दमन र गिरफ्तारीप्रति बिरोध जनाउनु भएको छ ।

गुरुङले भन्नु भएको छ- `आज एमसीसीको विरुद्व विभिन्न वाम घटकहरुको संयुक्त मोर्चाद्वारा बानेश्वरस्थित गरिएको शान्तिपूर्ण प्रदर्शनमा गृह प्रशासनले निर्मम ढंगले दमन धरपकड गर्नुका साथै थुप्रै आन्दोलनकारीहरुमाथि अन्दाधुन्द लाठिचार्ज गरि थुप्रैलाई घाईते बनाएको समाचारबाट अत्यन्तै दुखित भएको छु।´

गुरुङले अगाडि भन्नु भएको छ – ` शान्तिपुर्ण प्रदर्शन लोकतान्त्रिक संविधानले स्विकार गरेको विषय हो। त्यसलाई उल्लंघन गर्ने अधिकार कसैलाई छूट छैन। बर्तमान सरकार वाम लोकतान्त्रिक गठबन्धनको सरकार हो। त्यसबारे गठबन्धनमा कुनै सहमति छैन। तर ने।का।नेतृत्वको गृहप्रशासनले जुन दमन धरपकडको नीति अवलम्वन गर्य‍ो, त्यसबाट पुरानो लोकतान्त्रिक पार्टी भनेर चिनिएक‍ो ने.क.को नेतृत्वमाथि लोकतन्त्रप्रतिको प्रतिबद्वताबारे प्रश्न खडा गरिदिएक‍ो छ।´

उहाँले भन्नु भएको छ -` एमसीसी भनेको राष्ट्रिय स्वाधीनता सम्बन्धि बिषय हो। त्यस विरुद्व उठेको आन्दोलनमाथिको दमन भनेको ने.का.नेतृत्वको राष्ट्रिय स्वाधीनताप्रतिको दृष्टिकोण के हो भन्ने प्रश्न उठाई दिएको छ। यसको जवाफ ने.का.क‍ो नेतृत्वले दिनु पर्छ। जे होस्, राष्ट्रियता र लोकतन्त्रप्रतिको प्रतिवद्वता हो भने आन्दोलनकारीहरुमाथिको दमन धरपकड तुरुन्त बन्द गरिनु पर्छ। गिरफ्तार गरिएका बन्दिहरुको अविलम्व रिहाई गरिनु पर्छ र घाईतेहरुको शीघ्र उपचार गरिनु पर्दछ।´

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here