बोका जुनियर्सले जित्याे म्याराडोना कप

87

एजेन्सी । क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टिनी जाइन्ट बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनालाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो ।

साउदी अरेवियास्थित रियादमा रहेको किङ साउद युनिभर्सिटी स्टेडियम भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिदा खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो । जसमा बोका जुनियर्सले बाजी मारेको हो ।

पेनाल्टीमा बोका जुनियर्सका मार्काेस रोजो, कार्लाेस रोबर्टाे इजक्वाएरडोज, क्रिस्टियन पाभोन र आरोना मोलिनासले गोल गरे । बार्सिलोनाका ड्यानी आल्भेस र फेरान जुट्ग्लाले गोल गर्दा म्याथिअस पेरेइरा र गुइलेम जेइमीले गोल गर्न सकेनन् ।

त्यसअघि प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा फेरान जुट्ग्लाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । ७७औं मिनेटमा एक्सक्वेल जेवाललोसल गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले फ्रान्क फाब्राको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल ट्राइबेकरमा लम्बिएको थियो । जसमा बोका जुनियर्सले बाजी मार्न सफल भयो । यो सिजन खराव लयबाट गुज्रिरहेको बार्सिलोनाले बोका जुनियर्सविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

प्रशिक्षक जाभीले बोका जुनियर्सविरुद्ध अनुभवी डिफेन्डर ड्यानी आल्भेससँगै नयाँ खेलाडीलाई मौका प्रदान गरेको थियो । जाभीको प्रशिक्षणमा बार्सिलोनाले ७ खेल खेल्दा यो तेस्रो हार हो । यसअघि बार्सिलोनाले ला लिगामा रियल बेटिससँग १–० ले तथा च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ३–० को हार बेहोरेको थियो । जसमा दुई जित र दुई बराबरीको नतिजा पनि छ।

अर्जेन्टिना तथा विश्व फुटबलका हस्तीमध्येको एक डिएगो अर्मान्डो म्याराडोनाको गत वर्ष निधन भएपछि उनकै सम्झनामा यो खेलको आयोजना भएको हो ।

गत महिना बार्सिलोनामा आबद्ध भएका भेट्रान डिफेन्डर ड्यानी आल्भेस पनि बार्सिलोनाका लागि दोस्रोपटक डेब्यु गरेपनि उनको टोलीले सफलता हात परेन । २००८ देखि २०१६ सम्म बार्सिलोनामा बिताएका आल्भेस त्यसपछि युभेन्ट्स, पिएसजी र ब्राजिली क्लब सान्तोष हुँदै बार्सिलोना फर्र्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here