हरिसिद्धि खुला ब्याडमिनटन प्रतियोगितामा रदिप र विकासको विजयी सुरुवात

103

काठमाडौं । रदिप महर्जन र विकास महर्जनको जोडीले हरिसिद्धि खुला ब्याडमिनटन प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुरुष युगलतर्फ आयोजक हरिसिद्धि क्लबका रदिप र विकासको जोडीले ईरा ब्याडमिन्टन क्लबका अनमोल केसी र विपिन श्रेष्ठको जोडीलाई २१–२, २१–६ ले हराउन सफल भयाे ।

अर्को खेलमा बालकुमारी रिमिक्सका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीले कास्कीका विशेष बस्नेत र यासिक्सन गुरुङलाई २१–१२, २१–१३ ले पराजित गर्नुभयो । एपीएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले वाईसिबिसीका अशिम गुरुङ र नेल्सन राईको जोडीलाई २१–६, २१–११ ले हराउनुभयो ।

चारदिनसम्म संचालन हुने प्रतियोगितामा यू–१९ पुरुष तथा महिला एकल खुला, पुरुष युगल र भेट्रान ४५ मामाथि गर चार विधामा प्रतिस्पर्धा हुनेछ । यू–१९ पुरुष तथा महिला एकलतर्फको विजेतालाई १९ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पुरुष युगलतर्फको विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ५०, २५ र १० हजार रुपियाँ तथा भेट्रानतर्फको विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here