काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई पार्टीको केन्द्रीय परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । उनले आफूलाई नसोधी कुनैपनि पदको टीका लगाईदिनु आपत्तिजनक रहेको सुनाए । उनले यस्तो टीके प्रणाली जबज र लोकतान्त्रिक मान्यताको विपरित हुने पनि बताए ।


















