सुनचाँदीको मूल्य घट्यो

86

काठमाडौं । आइतबार अघिल्लो दिनको तुलनामा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सय तथा चाँदीको मूल्य ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन छापावाला सुन ९४ हजार तथा तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो।

यस्तै, शुक्रबार १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले घटेर १२ सय४५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here