शिखर पुरुष नातीकाजीको जन्म स्मृतिमा अंशबरेलाई कला पत्रकारिता पुरस्कार

123

काठमाडाैं । संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजीको जन्म स्मृति दिवसको अवसर पारेर साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिने भएकाेछ ।

नातिकाजी स्मृति समाजको आयोजनामा शनिबार नातीकाजीको निवासमा सम्पन्न एक कार्यक्रममा दुई दर्जन स्रष्टालाई सम्मान र पुरस्कृत गर्ने घोषणा गरेको हो । सो अनुसार नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्यलाई दिइनेछ घोषणा गरिएको छ ।

यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बिबी थापा (रचना), नारायणदास कार्की ढली (वाद्यवादन), शिला पन्त (रचना), सीताराम पोखरेल (गायन/रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा/संगीत), शीतल कादम्बिनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिने भएको छ ।

यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देसार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिने भएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डिपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार) लाई प्रदान गरिने समाजले जनाएको छ ।

नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार कृष्ण कँडेल तथा नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर र दिवाकर मैनाली लाई दिइने भएको छ । संगीतकार नातिकाजीको ९७औँ जन्मदिनको अवसर पारेर सम्मान र पुरस्कार घोषणा गरिएको समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए भने सम्मान र पुरस्कार राष्ट्रपतिले प्रदान गर्ने उनले जनाए ।

यस्तै, नातिकाजी स्मृति समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको अध्यक्षमा संगीतकार बास्कोटा, उपाध्यक्षमा नरेन्द्र खड्का, विश्वबल्लभ भट्टराई र दीपक श्रेष्ठ, सचिव राजाराम फुयाँल, कोषाध्यक्ष प्रदीप गुरागाईं सदस्यहरूमा रत्न श्रेष्ठ, डा. घनश्याम खतिवडा, मनोहर सुनाम, रीता महर्जन, पदेन सदस्यमा काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्धकुमार डंगोल, अन्तर्राष्ट्रिय संयोजक प्रेमबहादुर श्रेष्ठ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here