मदन भण्डारीको ६९ औँ जन्म जयन्ती देशभर मनाइँदै

67
काठमाडौं – जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए ।
तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।
तीन वर्ष अघि तत्कालीन नेकपा माओवादी केन्द्रसंगको पार्टी एकतापछि पनि नेताहरुले भण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै पार्टीमो मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले समेत पटक-पटक सार्वजनिक रुपमौ भण्डारीको सिद्धान्त समयसापेक्ष रुपमा लागू गर्नुपर्ने अभिव्यक्ति दिंदै आएका छन् ।
तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।
उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको थियो ।
यसैबीच जन्मजयन्तीको अवसरमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धासुमनसहित मदनकै बाटोमा अघि बढ्ने प्रण गरेका छन् ।
साथै, मण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारीका संकलित रचनाहरू, छानिएका रचनाहरू, सेलेक्टेड वर्क्स, तथा जीवनी र व्यक्तित्व जस्ता कृतिहरु सार्वजनिक गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here