अर्जुनले गरे‘डोरी ‘दि रोप” ‘ निर्माणको घोषणा

181

काठमाडाैं । अर्जुनले गरे ‘डोरी ‘दि रोप” ‘ निर्माणको घोषणा  काठमाडाैं  जी सेवेन प्रोडक्सनको ब्यानरमा बन्न लागेको निर्देशक अरुण लामाको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘डोरी’को घोषणा गरिएको छ ।

यस अघि केही लघु चलचित्र, शर्ट फिल्म र डकुमेन्ट्रीमा समेत आफुले राम्रो अनुभव बटुलिसकेका निर्देशक लामाको भने यो डेब्यु चलचित्र हो । उनका अनुसार उनले यस चलचित्रमा सबै नयाँ कलाकारहरु अनुबन्धित गरेका छन् ।

चलचित्रमा उनी स्वयम पनि अभिनय गर्ने तयारीमा छन भने उनीसंगै राज पौडेल, सिद्धार्थ सिंह, सरोज लामिछाने, वीरेन्द्र सिंह, श्रवण क्षेत्री, राज थापा, मिलन राई, सौरभ नुतन, प्रिन्स शेर्पा, विशाल किराती, पूर्ण नेपाली, भीम मगर लगायतका कलाकारहरुको अभिनय रहने छ भने अन्य बांकी कलाकारहरु पनि अडिसनद्वारा छनौटको क्रममा छन् ।

  यस् चलचित्रमा अभिनय गर्न लाएका कलाकारद्वय सिद्धार्थ र सरोजले भने केही साता अघि नेपालमा नै छांयाकन सम्पन्न भएको बलिउड चलचित्र ‘उचाई’मा समेत कलाकारको रुपमा अभिनय गर्न भ्याईसकेका छन् ।

नेपाली सिनेमाको ईतिहासमा नै यस् फिल्मको कस्तो स्वाद शायदै देखिने छ भन्ने कुरामा निर्देशक लामा विश्वस्त छन भने सिनेमाले दर्शकलाई एकै साथमा हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणले भरपुर आनन्द दिलाउने छ’ उनले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here