सुनको भाउ बृद्धि

76

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ ।   नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । आइतबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९३ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसैगरी तेजावी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार थियो भने आज ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।   यता, चाँदीको भाउ भने हिजोकै मूल्यमा अर्थात एक हजार २४५ रुपैयाँमा कारोबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here