त्रिविका शिक्षक, कर्मचारीले प्रत्यक्ष राजनीति गरेमा विभागीय कारवाही हुने

72

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, शिक्षक, प्रध्यापक र कर्मचारीलाई कुनै पनि राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कर्मचारी प्रशासन महाशाखाले त्यसो गर्ने कर्मचारी, शिक्षकलाई विभागीय कारबाहीको चेतावनी दिएको छ ।

महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ ले पद तथा जिम्मेवारीबाट राजिनामा दिएर भने राजनीति गर्न खुला रहेको व्यवस्था गरेको छ । कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिन अघि नै राजिनामा लिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ ।

त्रिभुवन विश्वविद्यालय तथा त्यसका आङ्गिक क्याम्पसमा शिक्षक तथा कर्मचारीहरु प्रत्यक्ष राजनीतिमा संलग्न हुँदा कामकाजमा व्यवधान हुने भएपछि त्रिविले सो सूचना जारी गरेको जनाएको छ । विश्वविद्यालय सेवामा कार्यरत, पदाधिकारी, शिक्षक तथा कर्मचारी राष्ट्रसेवक कर्मचारी परिभाषाभित्र पर्ने हुनाले राजनीति गर्न छुट नरहेको त्रिविको भनाइ छ ।  गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here