मिनीट्रक दुर्घटनामा तीन जनाको ज्यान गयाे

84

गोरखा । गोरखाको धार्चे गाउँपालिका ५ माछाखोलामा भएको मिनीट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा मिनीट्रक चालक धादिङका निराजन नेपाल, ट्रकमा रहेका दीपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार चलिरहेको छ ।

आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनीट्रक दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here