नेपाल राष्ट्र बैंकको लगानी १ अर्ब ७५ करोड रुपैयाँ पुग्याे

51

काठमाडौं । नेपाल राष्ट्र बैंकको लगानी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । उक्त रकममध्ये हाल १ अर्ब ४० करोड हाल लगानीमा रहिरहेको र ३५ करोड रुपैयाँ नयाँ लगानी थप भएको छ ।

बैंकले आज एक सूचना जारी गर्दै ‘क’ ‘ख’ र ‘ग’ वर्गका कम्पनीहरूमा लगानीबारे जानकारी दिएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम ३६६ दिने मुद्दती निक्षेपको रुपमा २०७८ माघ ३ गतेदेखि २०७९ माघ ३ गतेसम्मको लागि रकम लगानी गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले वित्तीय कम्पनीहरूका लागि ८ करोड ७५ लाख, विकास बैंकहरूको लागि २६ करोड २५ लाख र वाणिज्य बैंकहरूको लागि १ अर्ब ४० करोड रुपैयाँ रकम लगानी गर्ने प्रस्ताव गरिएको छ । लगानी गर्नको लागि बैंकले विभिन्न सर्तसमेत राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here