२४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिए

69

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ जना र ६ हनार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार थपिएकामध्ये काठमाडौं उपत्यकामा ३६९ जना छन्। काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना संक्रमित थपिएका हुन्।

सोही अवधिमा २६२ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु भने भएको छैन। आजको दिनमा सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ छ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here