पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग

59

काठमाडौं  / सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड-१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो।

‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर परीक्षण पूर्ण नि:शुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु,’ जारी विज्ञप्तीमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएर सरकारी अस्पतालमा ८०० रुपैयाँ र निजी अस्पताल तथा ल्याबहरुले १५०० रुपैयाँ शुल्क तोकेको छ। यसअघि सरकारीमा १००० रुपैयाँ र निजीमा २००० रुपैयाँ शुल्क तोकिएको थियो।

संक्रमणको दर उच्च भएको र परीक्षणको दर बढाउन जरुरी भएको हुँदा सबै नागरिकको हितलाइ ध्यान राख्दै देशभरका स्वास्थ्य संस्थाहरुबाट नि:शुल्क पसीआर परीक्षणको हुनुपर्ने अपिलसमेत नेविसंघले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here