तीनवटा राजनीतिक दलको दल दर्ता खारेज

147

काठमाडौं ।  निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ।

लेखापरीक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियमअनुसार तीनवटा दल खारेजीमा परेका हुन्।

आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् रहेका छन्।

यी तीनै दलले लेखापरीक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो।

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखापरीक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाएपछि दल दर्ता खारेज गरिएको आयोगले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here